Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एक वर्षका लागि डिशहोमको नेट जोड्दा दुई वर्षको सेवा पाउने अफरको समय थप

एक वर्षका लागि डिशहोमको नेट जोड्दा दुई वर्षको सेवा पाउने अफरको समय थप

आर्थिक पत्र
सोमवार, कार्तिक १३ २०८०
  • काठमाडौं । डिशहोम फाइबर नेट जोड्ने ग्राहकहरुका लागि ल्याइएको अफरको समय अवधि थप गरिएको छ । एक वर्षका लागि डिशहोम फाइबर नेट जोड्ने ग्राहकले दुई वर्षको सेवा पाउने अफरको अवधि मङ्सिर ०३ सम्म थप गरिएको हो । 

    दशैंको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो । उक्त अफर घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ल्याएको थियो । अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेथिए ।   

    जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने थिए । उक्त अफरको ग्राहकहरुबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले कम्पनिले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको फेस्टिभ १२ महिने प्याकेज अफरलाई छठ पर्वको दिनसम्म अर्थात मङ्सिर ३ गते सम्मका लागि थप गरेको जनाएको छ ।         
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार