Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भिभो भी २९ ई फाइभजी स्मार्टफोन नेपालमा सार्वजनिक, मूल्य कति ?

भिभो भी २९ ई फाइभजी स्मार्टफोन नेपालमा सार्वजनिक, मूल्य कति ?

आर्थिक पत्र
बुधवार, कार्तिक १५ २०८०
  • काठमाडौं । विश्वव्यापी प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले आज भी सिरिजको नयाँ स्मार्टफोन भी२९ई फाइभजी सार्वजनिक गरेको छ । यो स्मार्टफोन ४२ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । 

    कार्तिक १६ गतेदेखि कार्तिक १९ सम्म भी२९ई फाइभजीको प्रि–बुकिङ्ग खुल्ला गरिएको छ । यो भी२९ई फाइभजीको प्रि–बुकिङ्ग गरी ग्राहकहरुले तीन हजार ९९९ मुल्य बराबरको रिभरसङ्ग इयरबड प्राप्त गर्न सक्नेछन् । साथै, कार्तिक २० गतेदेखि यो स्मार्टफोन बिक्रीका लागि उपलब्ध हुनेछ । 

    यस स्मार्टफोनको बारेमा कुरा गर्दा भी२९ई फाइभजी भिभोको यस्तो स्मार्टफोन हो । जसले आकर्षक विशेषतामार्फत ग्राहकहरुको अनुभव वृद्धि गर्दछ । जसका लागि भिभो सदैव प्रतिबद्ध रहेको छ । यसको अत्याधुनिक विशेषताहरुले गर्दा भिभो भी२९ई फाइभजीले स्टुडियो जस्तो दृश्य अनुभव प्रदान गर्दछ । भी२९ई फाइभजीमा स्मार्ट औरा लाइट पोट्र्रेटको साथै १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ । 

    यो दुई उत्कृष्ट कलर भेरियन्ट – रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याक लिभरेजिङ फ्लोराइट एजी ग्लासमा उपलब्ध छ । स्लिम फ्ल्याट फ्रेम र ६.६७ इन्चको स्क्रिन साइजको साथ, हालै लन्च गरिएको भिभो भी२९ई फाइभजीमा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, स्मार्ट औरा लाइट पोट्र्रेटको साथ स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, १२० हर्जको एमोलेड डिस्प्ले लगायतका आकर्षक विशेषताहरु रहेका छन् ।

    क्यामेरा क्षमताहरूले भी२९ई फाइभजीलाई थप प्रशंसनीय बनाएको छ । यस दूरदर्शी विशेषताले जीवनका दैनिक पलहरूलाई समेटेर जीवन्त बनाउन सक्षम पार्दछ । यसले सुक्ष्म विवरणहरूलाई पनि मुर्त रुप दिने हुँदा स्मार्टफोन फोटोग्राफीलाई उत्कृष्टताको चरम बिन्दुमा पुर्याउने कम्पनीको दाबी छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार