बुद्ध एयरले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
कम्पनीले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड रुपैयाँ सहयोग दिने निर्णय गरेको जनाएको हो।
बुद्धले उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि प्रतिबद्धता व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएकाे छ, ‘भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन्। यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ।’

