Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाजको इन्जिन स्टार्टमा समस्या देखिएपछि...

उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाजको इन्जिन स्टार्टमा समस्या देखिएपछि...

आर्थिक पत्र
सोमवार, कार्तिक २७ २०८०
  • हुम्ला । हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ ।

    नाइन एन–एबीयू कलसाइनको जहाजमा समस्या देखिएपछि फ्लाइट रोकिएको एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

    जहाज आज बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो । हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए । तर इन्जिन स्टार्टमा समस्या देखिएपछि यात्रुहरु ओरालिएको हाे ।

    अब मर्मत गरेर भोलि बिहानबाट नियमित उडान हुने पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार