Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय, निर्णय तुरुन्तै लागू हुने

टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय, निर्णय तुरुन्तै लागू हुने

आर्थिक पत्र
सोमवार, कार्तिक २७ २०८०
  • काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम बढ्दै गएपछि नियन्त्रणका लागि टिकटक बन्द गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिईन् ।

    मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि मिति र समय भने तोकिएको छैन । यो निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ने भए पनि टिकटक टिकटक पूर्ण रुपमा बन्द हुने र त्यसका लागि सञ्चार मन्त्रालयले व्यवस्था मिलाउने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार