Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

इन्टरनेट कम्पनीले टिकटक रोके नरोकेको अनुगमन गर्न दूरसञ्चार प्राधिरकणले बनायो समिति

इन्टरनेट कम्पनीले टिकटक रोके नरोकेको अनुगमन गर्न दूरसञ्चार प्राधिरकणले बनायो समिति

आर्थिक पत्र
सोमवार, मंसिर ४ २०८०
  • काठमाडौं । दूरसञ्चार सेवा प्रदायकहरुको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सरकारले गरेको टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयनको अवस्था अनुगमन गर्न समिति नै गठन गरेको छ । प्राधिकरणले निर्देशक विजयकुमार रायको नेतृत्वमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको अवस्था अनुगमन गर्न समिति गठन गरेको हो ।

    प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार शुक्रबार बसेको प्राधिकरणको बोर्ड बैठकले चार सदस्यीय प्राविधिक समिति बनाएर अघि बढ्ने निर्णय गरेको हो । समितिमा इन्टरनेट सेवाप्रदायक संघ, सञ्चार मन्त्रालयका प्रतिनिधि सदस्य र प्राधिकरणका उपनिर्देशक सदस्यसचिव छन् । समितिले टिकटक प्रतिबन्धको अवस्था र कार्यान्वयन लगायतका बिषयमा प्रतिवेदन पेश गर्नेछ ।

    दूर सञ्चार प्राधिकरणका अनुसार हालसम्म ठूला ४० ओटा इन्टरनेट सेवाप्रदायकले टिकटकमाथिको प्रतिबन्ध कार्यान्वयन गरेका छन् । दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणको निर्देशनपछि ठूला सेवाप्रदायकले टिकटक कन्टेन्ट रोकेका हुन् ।

    प्राधिकरणको तथ्याङक अनुसार नेपालमा १४० बढी साना ठूला इन्टरनेट सेवाप्रदायक कम्पनी सञ्चालनमा छन् । तर, अहिले ठूला र सबैभन्दा धेरै प्रयोगकर्ता भएका कम्पनीले मात्रै टिकटक कन्टेन्ट रोकेका छन् ।

    अहिले आइएसपीले कन्टेन्ट रोकेपनि प्रयोगकर्ताले भिपिएन (भर्चुअल प्रइभेट नेटवर्क) प्रयोग गरेर टिकटक चलाइरहेका बताइएको छ । तर, विशेष अवस्थाबाहेक सामान्यतया भिपिएनको प्रयोग सुरक्षित नरहेको र आफ्नो मोबाइल वा कम्युटरमा भएका अन्य डेटा एवं ईबैंकिङ तथा त्यससम्बन्धी जानकारीहरु चोरी हुनसक्ने खतरा रहेको कुरा विज्ञहरुले औंल्याइसकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार