Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ब्रोडवे इन्फोसिस 'एसोसियो एड्टेक अवार्ड २०२३' बाट सम्मानित

ब्रोडवे इन्फोसिस 'एसोसियो एड्टेक अवार्ड २०२३' बाट सम्मानित

आर्थिक पत्र
मंगलवार, मंसिर ५ २०८०
  • ब्रोडवे इन्फोसिस प्रालि 'एसोसियो एड्टेक अवार्ड २०२३' बाट सम्मानित भएको छ। 

    सूचना र सञ्चार प्रविधिको शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गर्दै योगदान पुर्‍याएको भन्दै एसियन–ओसोनियन कम्प्युटिङ उद्योग संगठन (एसोसियो)द्वारा कम्पनीलाई सम्मान प्रदान गरिएको हो।

    गत नोभेम्बर १३ देखि १५ तारिखमा दक्षिण कोरियाको सियोलमा आयोजित एक समारोहबीच कम्पनीलाई अवार्ड प्रदान गरिएको हो। 

    समारोहमा ब्रोडवे इन्फोसिसको तर्फबाट प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारी र व्यवसाय विकास निर्देशक उत्तम अधिकारीले सम्मान लिएका हुन्। 

    एसोसियोमा एसिया प्रशान्त क्षेत्रका २४ अर्थ व्यवस्थाका संस्थाहरू आवद्ध छन। संस्थाले सूचना र सञ्चार प्रविधिको क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गर्दै अएका संस्थाहरूलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ।

    पुरस्कार छनौट प्रक्रियामा नेपालको तर्फबाट प्रतिनिधित्वको भूमिका कम्प्युटर एसोसियसन नेपाल (क्यान)को रहेको थियो। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार