Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

लक्ष्मी सस्टेनेबल इनर्जीले युनिटेक हाइड्रोमा रणनीतिक लगानी गर्ने

लक्ष्मी सस्टेनेबल इनर्जीले युनिटेक हाइड्रोमा रणनीतिक लगानी गर्ने

आर्थिक पत्र
बिहिवार, पौष १२ २०८०
  • काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चँल्नका साथै आफले संचालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको शुभारम्भ समेत 
    गरेको छ ।

    विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्र्तगत  प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्नको लागी इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये लक्ष्मी क्यापिटल एक हो । लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो । लक्ष्मी सस्टेनेबल एनर्जी फण्डको आकार रु १ अर्वको रहेको छ । लक्ष्मी क्यापिटल प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कोष संचालन गर्न स्वीकृति प्राप्त गरी लगानी शुरू गर्ने पहिलो  केहि मन्र्चेट बैक मध्ये एक हो । यो कोषले जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

    युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगीसकेको छ । ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ । साथै कम्पनीसँग थप १५ मेगावाट (मध्य इङ्वा खोला जलविद्युत आयोजना) को अर्को जलविद्युत आयोजनाको इजाजतपत्र समेत रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार