Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

गाभीबाट नेपालले २०३० सम्म ८ अर्ब ५९ करोडको खोप सहायता पाउने

गाभीबाट नेपालले २०३० सम्म ८ अर्ब ५९ करोडको खोप सहायता पाउने

आर्थिक पत्र
मंगलवार, कार्तिक ११ २०८३
  • काठमाडौं । नेपालले राष्ट्रिय नियमित खोप कार्यक्रम सञ्चालनका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख रुपैयाँभन्दा बढीको सहायता पाउने भएको छ।

    images

    गाभी द भ्याक्सिन एलाइन्सबाट प्राप्त हुने यो सहयोगले बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट जोगाउन सञ्चालन गरिने खोप कार्यक्रमलाई निरन्तरता दिइनेछ।

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल र गाभीसँगको संवादपछि नेपालले उक्त सहायता प्राप्त गर्ने सुनिश्चित भएको सचिवालयले जानकारी दिएको छ।

    यसैगरी गाभीले आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको खोप सहायता रकमको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि देखाउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी तोकेको ३ लाख ८ हजार २७१ अमेरिकी डलर पनि मिनाहा भएको छ।

    नेपालले नियमित खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्दै आएको छ। खोप सेवाको निरन्तरता र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्त्वपूर्ण मानिन्छ।

    विश्वभर विकास सहायता र आर्थिक स्रोतमा दबाब बढिरहेका बेला सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित भएसँगै नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई उल्लेख्य मद्दत पुग्ने भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार