Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बृहत च्याउ मेला तथा परिकार महोत्सव आज, ३० ओटा स्टल रहने

बृहत च्याउ मेला तथा परिकार महोत्सव आज, ३० ओटा स्टल रहने

आर्थिक पत्र
आइतवार, पौष १५ २०८०
  • काठमाडौँ । आज आइतबार जावलाखेलमा एक दिने बहृत ‘च्याउ मेला तथा परिकार महोत्सव’ आयोजना हुँदैछ ।  च्याउ उत्पादक किसान संघ नेपालले  राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ प्रवर्द्धनका लागि आज (पुस १५ गते) ललितपुरस्थित जावालाखेल खेलमैदानमा उक्त मेलाको आयोजना गर्न लागेको हो ।

    ‘च्याउ किसानहरूको जागरुपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिने उक्त मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टलहरू रहने बताइएको छ । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ ।

    च्याउको विभिन्न परिकारहरू प्रदर्शनीमा राखिनेछ । साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनीसमेत गरिने जनाइएको छ । राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृति कार्यक्रमसमेत हुने भनिएको सो महोत्सवमा निःशुल्क रूपमा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था पनि हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार