Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कुलेखानी–फर्पिङ सडक खण्ड दुई महिनालाई बन्द

कुलेखानी–फर्पिङ सडक खण्ड दुई महिनालाई बन्द

आर्थिक पत्र
सोमवार, पौष १६ २०८०
  • फर्पिङ हुँदै कुलेखाने निस्कने सडक दुई महिनालाई बन्द रहने बताइएको छ।

    मकवानपुर इन्द्रसरोवर गाउँपालिकाले सूचना निकालेर पुस १६ गतेदेखि फागुन १५ गतेसम्म सडक बन्द रहने जानकारी दिएको हो।

    उक्त सडक खण्ड अहिले मर्मत तथा स्तरोन्नति भइरहेको छ।

    ‘यस इन्द्रसरोवर गाउँ कार्यपालिका अन्तर्गत कुलेखानी, फाखेल, हुमाने, फर्पिङ्ग सडक खण्ड हुँदै काठमाडौं जाने सडक खण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य निरन्तर चलिरहेको छ। यसै क्रममा सो कार्यलाई अझ प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न यहि मिति पुस १६ गतेदेखि फागुन १५ गतेसम्म सो सडकबाट चल्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा आवत जावत बन्द रहने र सवारी साधनहरू अन्य वैकल्पिक सडकको प्रयोग गरी आवागमन गर्नु गराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

    414666486_669254782045170_5899250459684769601_n-1704073051.jpg
     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार