Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिजी डिजिटल र जगदम्बा क्रेडिटको सहकार्यमा ० प्रतिशत किस्ताबन्दीको सुविधा

सिजी डिजिटल र जगदम्बा क्रेडिटको सहकार्यमा ० प्रतिशत किस्ताबन्दीको सुविधा

आर्थिक पत्र
सोमवार, पौष १६ २०८०
  • काठमाडौं । सिजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको ० प्रतिशत किस्ताबन्दी मार्फत अब ग्राहकबर्गहरुले कुनै झन्झट विना, त्यो पनि क्रेडिट कार्ड विना नै शून्य प्रतिशत ब्याजदरमा एलजी, सिजी र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर सुपथ मुल्यमा खरिद गर्न सकिनेछ ।  

    यो सहकार्यले इलेक्ट्रोनिक्स् उपभोक्ताहरुका लागि अब नयाँ आयाम ल्याउने लक्ष्य राखेको छ। यो सहकार्यले गर्दा अब १२ महिने ० प्रतिशत किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरुका लागि थप अवसर खोलेको छ। यसका साथै झन्झट मुक्त ० प्रतिशत किस्ताबन्दी सुबिधाले न्युनतम अग्रिम लागतमा, शून्य प्रतिशत व्याज्दरमा नै उपभोक्ताले उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स् उत्पादनहरु खरिद गर्न सक्नेछन्। ग्राहकहरूले एलजी, सिजी  र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनरहरू बिशेष छुटमा नै ० प्रतिशत किस्ताबन्दी सुबिधाको लाभ उठाउन सक्नेछन्। सिजी डिजिटल र जगदम्बा क्रेडिटसँग भएको संयुक्त सहकार्यले उपभोक्ताको क्रयशक्ति बढाउन मद्दत् गर्ने र इलेक्ट्रोनिक्स् बजारमा यो एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने कुरामा दुबै पक्ष विस्वस्थ छन्।

    यो सुविधा उपत्यका भित्र रहेका सबै सिजी डिजिटल शोरुमहरुमा उपलब्ध हुनेछ। तसर्थ, ग्राहकहरूले आफ्नो सुविधा अनुसार नजिकैको शोरूममा सम्पर्क गर्न वा भ्रमण गर्न सकिनेछ। थप जानकारी र कुनै जिज्ञासाको लागि ९८०१९०८९४९र ९८५१२३७०३८ मा फोन गर्न सकिनेछ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार