Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

उद्योगहरुको काटिएको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय

उद्योगहरुको काटिएको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय

आर्थिक पत्र
शुक्रवार, पौष २७ २०८०
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन जडान गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको लाइन जडान गर्ने निर्णय गरेको हो।

    मन्त्रिपरिषद्को मंगलबारको बैठकले लाइन जोड्न निर्देशन दिएको थियो। तर, प्राधिकरणको सञ्चालक समितिले भने मन्त्रालयबाट पत्र नआएको भन्दै लाइन जोडेको थिएन । 

    बिहीबार ऊर्जा मन्त्रालयबाट पत्र प्राप्त भएपछि ऊर्जामन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतको सहभागितामा शुक्रबार सञ्चालक समितिको बैठक बसेको थियाे। बैठकले सरकारबाट निर्णय नभइन्जेलसम्मका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिने निर्णय गरेकाे हाे ।

    डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले २४ उद्योगको लाइन काटेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार