Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सडकको काम अलपत्र पार्ने ५ ठेकेदारलाई सोधियो स्पष्टीकरण

सडकको काम अलपत्र पार्ने ५ ठेकेदारलाई सोधियो स्पष्टीकरण

आर्थिक पत्र
बुधवार, माघ ३ २०८०
  •  काठमाडौं। तोकिएको समयमा काम नगरेको भन्दै सरकारले ५ वटा निर्माण व्यवसायी (ठेकेदार कम्पनी)लाई स्पष्टीकरण सोधेको छ। 

    संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन भक्तपुरले विभिन्न ठाउँका सडक अलपत्र पार्ने ५ वटा निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधेको हो। 

    ललितपुरको ग्वार्कोदेखि लाकुरी भन्ज्याङ हुँदै काभ्रेको पनौती (दाहालटार) सडक स्तरोन्नतिको ठेक्का अलपत्र पारेको भन्दै लामा कन्सट्रक्सन तथा सप्लायर्स प्रालिलाई स्पष्टीकरण सोधिएको छ। 

    यस्तै, च्यामासिंह, नाला र बनेपा क्षेत्रको सडकमा आवधिक मर्मत तथा सम्भारको कार्य अलपत्र पार्ने एनएस बिल्डर्स सुर्खेत र भक्तपुरको सल्लाघारीदेखि दरबार स्क्वायरसम्मको सडक मर्मत अलपत्र पार्ने गौतम कन्सट्रक्सन सिन्धुपाल्चोकलाई पनि स्पष्टीकरण सोधिएको छ। 

    अरनिको राजमार्गअन्तर्गत चाल्नेडुङ्गा–खावा–लामिडाँडा–दोलालघाट सडक स्तरोन्नतिको काम अलपत्र पार्ने ओम निलकण्ठेश्वर कन्सट्रक्सन प्रालि काठमाडौंलाई पनि स्पष्टीकरण सोधिएको छ। काभ्रेको त्रिवेणीघाटको बांखु खोलामा पुल निर्माणको काम अलपत्र पार्ने विनय/कान्तिपथ जेभी ललितपुरलाई पनि स्पष्टीकरण सोधिएको छ। 

    निर्माण कार्य अलपत्र पारेकोमा ठेक्का सम्झौता किन नतोड्ने भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो। सडक डिभिजन भक्तपुरले निर्माण कम्पनीहरुलाई लिखित स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित हुन भनेको छ। 

    Road_contractor_spastikaran-1705455096.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार