Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुँदै

ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुँदै

आर्थिक पत्र
शुक्रवार, माघ ५ २०८०
  • काठमाडौं।  ललितपुरका विभिन्न स्थानमा शुक्रबार विद्युत् आपूर्ति बन्द हुने भएको छ। ‘फिडर’ तान्नुपर्ने भएकाले  बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म ६ घण्टा बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार गोदावरी नगरपालिकाको चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्न लागिएको हो। यस क्रममा गोदावरी नगरपालिका ५, ६ ११, १२, र १३ मा विद्युत् आपूर्ति बन्द हुनेछ। 

    यस्तै गोदावरीकै चापागाउँ, टाखेल, ठेचो र झरुवारासीलगायत स्थानमा विद्युत बन्द हुनेछ। कोन्ज्योसम गाउँपालिकाको नल्लुमा समेत विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार