Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एक मेगावाटभन्दा बढी र कम बिजुली उत्पादन गर्ने निजी क्षेत्रको पहिलो आयोजना सम्मानित

एक मेगावाटभन्दा बढी र कम बिजुली उत्पादन गर्ने निजी क्षेत्रको पहिलो आयोजना सम्मानित

आर्थिक पत्र
शुक्रवार, माघ ५ २०८०
  • काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले निजी क्षेत्रको सबैभन्दा पहिलो एक मेगावाटभन्दा बढी र कम बिजुली उत्पादन गर्ने जलविद्युत आयोजनालाई सम्मान गरेको छ।

    २४ औं वार्षिक उत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा इप्पानले इन्द्रावती तेस्रो र स्याङ्गे जलविद्युत आयोजनालाई सम्मान गरेको हो।

    इन्द्रावती तेस्रो निजी क्षेत्रको एक मेगावाटभन्दा बढी बिजुली उत्पादन क्षमताको सबैभन्दा पहिलो जलविद्युत आयोजना हाे। यसको क्षमता ७.५ मेगावाट छ।

    निजी क्षेत्रको एक मेगावाटभन्दा कम क्षमताको पहिलो जलविद्युत आयोजना स्याङ्गे जलविद्युत आयोजना हो। यसको क्षमता १८३ किलोवाट छ।

    त्यस्तै, इप्पानले जलविद्युतमा लगानी गर्ने पहिलो बैंक, पहिलो इन्स्योरेन्स कम्पनी लगायतलाई सम्मान गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार