Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आजसम्म कायम सेयरधनीले रिडी पावरको हकप्रद सेयरमा आवेदन दिन पाउने

आजसम्म कायम सेयरधनीले रिडी पावरको हकप्रद सेयरमा आवेदन दिन पाउने

आर्थिक पत्र
आइतवार, माघ २१ २०८०
  • काठमाडौं । आजसम्म कायम सेयरधनीले रिडी पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ। यस कम्पनीले ५० प्रतिशत हकप्रद सेयरको लागि माघ २२ गते बुक क्लोज गर्दैछ। 

    कम्पनीले १०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न लागेको हो। जसअनुसार रिडी पावरले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ। 

    यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो। 

    हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार