Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख

महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख

आर्थिक पत्र
शुक्रवार, चैत्र १६ २०८०
  • काठमाडौं । नेपाली फिल्म महाजात्राले पहिलो सातामा ६ करोड २४ लाख कमाएको छ । 

    चैत ९ गतेदेखि प्रदर्शनरत फिल्म महाजात्राले नेपालसँगै विदेशमा समेत भव्य व्यापार गरिरहेको छ । 

    नेपालमा भने पहिलो सातामा नै ६ करोड २४ लाखको ग्रस कलेक्सन गरेको निर्देशक प्रदिप भट्टराइले जानकारी दिए । 

    सो फिल्ममा हरिबंश आचार्य, विपिन कार्की, बर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झालगायतले अभिनय गरेका छन ।

    सो फिल्म बानियाँसहित म्याक्स दीपेश खत्रीसहितको षट्कोण आर्ट्सले निर्माण गरेको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार