Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पेट्रोलको मुल्य बढ्यो

पेट्रोलको मुल्य बढ्यो

आर्थिक पत्र
आइतवार, चैत्र १८ २०८०
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।

    इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य  प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मुल्य १७५ रुपियाँ प्रतिलिटर भएको छ ।

    त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले जानकारी दिएको छ ।

    नयाँ मुल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार