Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सेल्सवेरीले महाराजगञ्जमा नवनिर्मित आफ्नै भवनबाट सेवा सुरु, कालीमाटीमा शाखा विस्तार

सेल्सवेरीले महाराजगञ्जमा नवनिर्मित आफ्नै भवनबाट सेवा सुरु, कालीमाटीमा शाखा विस्तार

आर्थिक पत्र
शुक्रवार, बैशाख २१ २०८१
  • काठमाडौं। सेल्सवेरीले काठमाडौंको महाराजगंजमा अन्तराष्ट्रिय स्तरको आफ्नै अत्याधुनिक भवनबाट शुक्रबारदेखि आफ्नो सेवा सुरु गरेको छ।

    महाराजगंजस्थित सो अत्याधुनिकभवन मार्फत ग्राहर्कहरुको लागि अन्तराष्ट्रियस्तरको सेवा प्रदान गरि एक बेग्लै खालको किनमेलको आनन्द दिने विश्वास लिएको सेल्सवेरीले जनाएको छ।

    साथै अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिंग पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधा सहितको विश्व स्तरीय रेष्टुरेण्ट सहित स्वदेशीएवम् अन्तराष्ट्रिय गुणस्तरिय सामानहरु रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।

    उक्त अत्याधुनिक भवनमा ४ तल्ला Basement Parking रहेको छ भने भुई तल्ला देखि छैठौं तल्लासम्म डिपार्टमेण्टल स्टोर संचालन हुनेछ । सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरु रहनेछ । नवौं, दसौं तथा एघारौ तल्लामाजिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितका रेष्टुरेण्ट एवम् बार संचालन हुनेछ।

    बाह्रौ तल्लामास्वीमिंगपुल, ज्याकुजी, बियर गार्डेन, कफिलाउन्जतथाभ्खभलत ऋभलतचभसंचालन हुनेछ । उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहां बाट काठमाडौं उपत्यका ३६० डिग्रिमा दृस्यावलोकन गर्न सकिनेछ ।

    सोही अत्याधुनिक भवनमा सेल्सवेरी व्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा संचालनमा आउंदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट शपिंग डेस्टीनेशनहुने विश्वास कम्पनीले लिएको छ।

    साथै कम्पनीले यसै आर्थिक वर्षको अन्त्य सम्ममा काठमाडौं तथापोखरामाथप ६ वटा शाखाहरु संचालन गर्न गई रहेको र हरेक वर्ष सानो, मध्यमतथा ठुलो स्तरको १०-१५ वटा सम्म शाखा संचालनविस्तार गर्ने लक्ष्य लिएको बताएको छ।

    यसै गरि सेल्सवेरीले आफ्नो अर्को शाखा पनि शुक्रबार देखि कालिमाटी अवस्थित कालिमाटी ट्रेड सेन्टरमा संचालन गर्न गई रहेको समेत जानकारी दिएको छ।

    गुणस्तरीय सामान,उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई आफ्नो मुलमन्त्र बनाई विगत ३०बर्ष देखि चेन डिपार्टमेण्टल स्टोरका रुपमा संचालित सेलवेज गु्प अन्र्तगत रही सेलवेज क्यास एण्ड क्यारी प्रा.लि. विगत १० वर्ष देखि सेल्सवेरी व्राण्डमा हाल ३२ वटा शाखामार्फत आफ्नो व्यापार, व्यवसाय संचालन गर्दै आइरहेको छ ।

    सन २०२६ सम्म १०० वटा शाखा विस्तार गरी २,००० जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य लिएको यस सेल्सवेरीले आफनो व्यवसायसंग संगै सामाजिक उत्तरदायित्वअन्तर्गत समय समयमा विभिन्न क्रियाकलापहरु प्नि गर्दै आइरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार