Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

‘रावायण’मा एयरलाइन्स पार्टनरका रुपमा जोडियो यति एयरलाइन्स

‘रावायण’मा एयरलाइन्स पार्टनरका रुपमा जोडियो यति एयरलाइन्स

आर्थिक पत्र
शुक्रवार, बैशाख २८ २०८१
  • काठमाडौं। फिल्म ‘रावायण’ को छायांकन नसकिँदै विभिन्न ब्रान्ड फिल्मसँग जोडिन सुरु भएको छ। फिल्मको स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट भएको कारण पनि धेरै ब्रान्ड फिल्मसँग जोडिन चाहिरहेका छन्।

    यही क्रममा यति एयरलाइन्स एयरलाइन्स पार्टनरका रुपमा फिल्ममा जोडिएको छ। यति एयरलाइन्सका प्रतिनिधिसँग निर्माता तथा नायिका पूजा शर्माले सहकार्यको सम्झौता गरेका छन्।

    हाल छायांकनरत फिल्ममा पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरी, प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतका कलाकारको अभिनय छ।

    फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, समीर मियाँको भीएफएक्स, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व छ।

    फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो । फिल्म वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजीटल हो।

    सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्मका निर्माता सुदर्शन थापा र पूजा शर्मा हुन्। फिल्म यसै वर्षको भदौ २१ गते तिजको दिन रिलिज हुँदैछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार