Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रधानमन्त्री प्रचण्डले नारायणीमा बन्ने पुलको शिलान्यास गर्दै

प्रधानमन्त्री प्रचण्डले नारायणीमा बन्ने पुलको शिलान्यास गर्दै

आर्थिक पत्र
सोमवार, बैशाख ३१ २०८१
  • चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणी नदी माथि बन्ने केबलस्टेट पुलको शिलान्यास गर्न लागेका हुन् । यो पुल ४ सय २० मिटर लामो हुनेछ । अहिले भइरहेको पुल निकै पुरानो र जीर्ण बनेकाले नयाँ आर्कषक पुल बनाउन लागिएको हो ।

    तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको पुलको डिजाइन पनि सोही कम्पनीले तयार गरी पुल महाशाखाले स्वीकृत गर्ने हो । पुलको लागत भ्याटसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ मा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार