Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल, डिजेल र मट्टितेलको कति ?

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल, डिजेल र मट्टितेलको कति ?

आर्थिक पत्र
शनिवार, जेठ १९ २०८१
  • काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

    अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जोडेको छ । तर भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको हो ।

    petrol rate.jpeg
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार