Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

न्यूरोडमा महानगर र सडक बिभाग आमने सामने

न्यूरोडमा महानगर र सडक बिभाग आमने सामने

आर्थिक पत्र
सोमवार, जेठ २१ २०८१
  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक बिभागले हस्तक्षेप गरेको छ ।

    सडक बिभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेको थियो । सडक बिभागले पिच शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेको छ । अहिले केहि स्थानीयहरु महानगरको योजनाको विरुद्ध देखिएका छन् भने महानगरले काम रोक्न प्रयास गरिरहेको छ ।

    यस अघि एमालेसम्बद्ध स्थानीयले महानगरको फुटपाथ बनाउने योजनामा अवरोध गरेको भन्दै मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धुमा गरेको नीतिगत भ्रष्टाचारको विषयलाई विषयान्तर गर्न न्यूरोडको फुटपाथ बनाउने योजनाको विरोध गरेको आरोप लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार