Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रधानमन्त्रीले आज हेटौंडा सब स्टेसनको उद्घाटन गर्ने

प्रधानमन्त्रीले आज हेटौंडा सब स्टेसनको उद्घाटन गर्ने

आर्थिक पत्र
शुक्रवार, जेठ ३२ २०८१
  • बागमती निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड​को उद्घाटन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन्।

    हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित हेटौंडा सब स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको सब स्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले बताए।

    मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं  विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अविच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सम्पन्न भएको हो।

    हेटौंडा-ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेन सम्मको १५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार