Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

निगमले घटायो इन्धनको मुल्य, अब लिटरकाे कति ?

निगमले घटायो इन्धनको मुल्य, अब लिटरकाे कति ?

आर्थिक पत्र
बिहिवार, श्रावण १७ २०८१
  • काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

    निगमको बुधबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २ रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

    घटेको मुल्य बुधबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७० रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १५८ भएको छ ।

    निगमले भारतबाट आएको नयाँ मुल्य सूची घटेर आएकोले मुल्य घटाएको जानकारी दिएको छ ।

    Oil rate.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार