Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

म्याग्दीका ग्रामीण भेगमा बिजुलीको उज्यालो

म्याग्दीका ग्रामीण भेगमा बिजुलीको उज्यालो

आर्थिक पत्र
बिहिवार, श्रावण २४ २०८१
  • म्याग्दी। मालिका गाउँपालिका–१ निस्कोटका तीनवटा बस्तीका एक सय ३४ घर विद्युतीकरण भएका छन्। पालिकाका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको हो।

    मालिका गाउँपालिका–१ निस्कोटका वडाध्यक्ष टंकप्रसाद पुनले काम थालेको छ वर्षपछि वत्ती बालिएको बताए। उनले भने, “घोर्सी, छिसका ५७, साङबोट, खहरे, बातासेका ६४ र कोदालीबाङका १३ घरमा वर्षौँको प्रयासपछि बत्ती बलेको छ।”

    मालिका–१का चार सय ६८ का सबै घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको वडाध्यक्ष पुनले बताए। यसअघि त्यहाँका बासिन्दालेरुमखोला लघुजलविद्युत् परियोजनाबाट विद्युत् उपभोग गर्दै आएका थिए।

    नेपाल विद्युत् प्राधिकण म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले मालिकाको वडा नं १, २, ३ र ४ वडाका पाँच सय ५० घरमा हालै विद्युतीकरण गरिएको जानकारी दिनुभयो । आव २०८०÷८१ मा एक हजार चार सय ३८ उपभोक्ता थपिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार