Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

शिवम् सिमेन्ट्सले कमायो नाफा

शिवम् सिमेन्ट्सले कमायो नाफा

आर्थिक पत्र
आइतवार, श्रावण २७ २०८१
  • काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा नाफा आर्जन गरेको छ ।

    कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.९३ प्रतिशत कम हो । अघिल्लो वर्ष यस कम्पनीले अघिल्लो वर्ष ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । सिमेन्ट बिक्रीबाट हुने आम्दानी घट्दा र बिक्री लागत बढ्दा नाफामा दबाब परेको हो । त्यसैगरी, अन्य आम्दानी पनि घटेको छ । ७ अर्ब ७५ करोड रहेको सञ्चालन आम्दानी घटेर ७ अर्ब ७० करोडमा झरेको छ । यता, बिक्री लागत भने ६ अर्ब ४६ करोडबाट बढेर ६ अर्ब ६७ करोड पुगेको छ । अन्य आम्दानी पनि ३६ करोड ३७ लाखबाट घटेर १९ करोड ८५ लाख कायम भएको छ ।

    चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख जम्मा छ । यसको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार