Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य, अब कति पर्छ ?

घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य, अब कति पर्छ ?

आर्थिक पत्र
शुक्रवार, श्रावण ३२ २०८१
  • काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

    निगमको विहिबार बसेको संचालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

    निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।

    नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

    petrol-rate-1723769315.png

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार