Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

निगमले घटायो इन्धनको मुल्य,अब कुनको कति ?

निगमले घटायो इन्धनको मुल्य,अब कुनको कति ?

आर्थिक पत्र
आइतवार, भाद्र १६ २०८१
  • काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । 

    त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

    त्यस्तै निगमले एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मुल्य यथावत राखेको निगमले जनाएको छ ।

    नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।

    petrol rate.jpg
    Caption

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार