Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ब्लाक एण्ड डेकरको "बिगर सेलिब्रेसन्स्, बिगर जोयस्" योजना सार्वजनिक

ब्लाक एण्ड डेकरको "बिगर सेलिब्रेसन्स्, बिगर जोयस्" योजना सार्वजनिक

आर्थिक पत्र
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौँ। अमेरिकन नम्बर एक ब्रान्ड ब्लाक एण्ड डेकरले यो दशै-तिहार पर्वलाई लक्षित गरी "बिगर सेलिब्रेसन्स्, बिगर जोयस्" नामक योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरूले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्स हरु को खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन्।

    यस योजनामा स्योर सट उपहार स्वरूप ग्राहकहरूले ब्लाक एण्ड डेकरको ओएफआर हिटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजि ओभन, ई-प्रेसर कुकर र भ्याकुम क्लिनर लगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्नेछन्। साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सक्नेछन्। ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरूमा आकर्षक छुट पनि रहेको छ।

    ब्लाक एण्ड डेकरले जीवनलाई अझ सजिलो र सुविधाजनक बनाउने लक्ष्य राख्दै आएको छ। यस उत्सवको अवसरमा, ब्लाक एण्ड डेकरले आफ्ना ग्राहकहरूलाई थप खुसी र आनन्ददायक बनाउने उद्देश्यले यो योजना सञ्चालन गरेको छ। ग्राहकहरूले यो योजनाको लाभ भाद्र २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ।

    अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरू टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरूको प्रयोगले उपभोक्ताहरूको जनजीवन सहज भइरहेको र ब्लाक एण्ड  डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार