Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

आर्थिक पत्र
बिहिवार, आश्विन ३ २०८१
  • मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ । 

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले आज एक कार्यक्रम गर्दे चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज ७ गतेदेखि  माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जानकारी गराएको हो ।

    जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने बताइएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड मुगुका कार्यालय प्रमुख राज बहादुर राईले बताए । सुपथ मूल्य पसलमा उपभोक्ताले प्रतिकेजि ५ रुपैयाका दरले छुट पाउने उनले जानकारी दिए । 

    चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उनको भनाई छ । सुपथ मुल्य पसलका लागि २ हजार क्विन्टल चामल बितरण गरिने बताए । 


         
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार