Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

नागढुंगा-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति

नागढुंगा-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति

आर्थिक पत्र
शनिवार, आश्विन ५ २०८१
  • काठमाडौं। नागढुंगा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा सहमति भएको हो।

    images

    आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्ष सहमत भएका हुन्।

    मन्त्री देवेन्द्र दाहालको अगुवाइमा भएको छलफलमा उक्त सडक क्षेत्रका सरोकारवाला रहेका कृषि तथा पशुपंछीमन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमरकट्टेल, प्रदेश सरकारका मन्त्री मधुकुमार श्रेष्ठलगायत विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।

    निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्ट्यान्टलगायतको छलफलले सडक निर्माणमा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिने सहमति भएको हो।

    छलफलका क्रममा मन्त्री दाहालले उक्त सडकखण्ड संघीय राजधानीलाई देशका विभिन्न भाग जोड्ने ‘लाइफलाइन’ भएकाले लापरबाही नगरी लक्ष्यअनुसार कार्य सम्पन्न गर्न निर्देशन दिए।

    तत्कालको समस्या समाधानका रुपमा चाडपर्वमा विना अवरोध सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन र दीर्घकालीन रुपमा लक्ष्यअनुसार काम गरी नतिजा निकाल्न उनले भने।

    छलफलमा सडक आयोजना पर्ने विभिन्न पालिकाका प्रमुख, प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता थियो। मन्त्रालयका सचिव केशवकुमार शर्माले तीनै तहका सरकार, स्थानीयवासी तथा सरोकारवाला सबैको सहमतिले राष्ट्रिय महत्वको सडकलाई छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार