Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

काठमाडौंका यी स्थानहरुमा आज विद्युत अवरुद्ध हुने

काठमाडौंका यी स्थानहरुमा आज विद्युत अवरुद्ध हुने

आर्थिक पत्र
शनिवार, आश्विन ५ २०८१
  • काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार फिडर, बूढानीलकण्ठ वितरण केन्द्रको शिवपुरी फिडर, गणेस्थान फिडर र तारेभीर फिडरबाट वितरित स्थानहरूमा निश्चित समयका लागि विद्युत अवरूद्ध हुने जनाएको छ ।

    images

    सिंहदरबार फिडर अन्तर्गत पर्ने सिंहदरबार परिसरभित्रका सम्पूर्ण मन्त्रालय, दक्षिण गेटबाहिर जिल्ला समन्वय समिति क्षेत्रमा मध्याह्न १२ बजेदेखि ३ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाइएको छ । ती क्षेत्रमा कन्डक्टर अपग्रेडकोका काम गर्न फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

    त्यस्तै बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गत पर्ने डाडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार, भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोक, मुहानपोखरी, तारेभीर, ताउलुङ, नारायणथान, टुसाल, रूद्रेश्वर चोक, चपली लगायतका क्षेत्रमा बिहान १०: ३० मध्याह्न १२ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।

    ती क्षेत्रमा आउटगोइङ केबल हेड मेन्टिनेन्स कामका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार