Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार !

एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार !

आर्थिक पत्र
सोमवार, कार्तिक १२ २०८१
  • काठमाडाैं। अन्तर्रास्ट्रिय ब्राण्ड एलजीले दशैतिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुशीको पल’ नामक योजना अघि सारेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्नेछन् ।

    images

    एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्डबार, होम अडियो, एलजीसिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४० प्रतिशतसम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् ।

    साथै, एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफ आर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटरभन्दा माथि)को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटरसम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टु इन टब वाशिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिसवासरको खरिदमा २ प्याकेट डिस वासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् ।

    त्यस्तै, एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा फ्री इन्स्टलेशन सेवा पाउनेछन् ।

    यसका साथै शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनैपनि ब्रान्डको पुरानो सामान एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर पनि कम्पनीले ल्याएको छ ।

    यो योजना भदो २३ गतेदेखि नेपालअधिराज्यभरी सिमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार