Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

श्रम स्वीकृति भएका नेपालीलाई भारतीय विमानस्थलबाट विदेश जादा एनओसी नचाहिने

श्रम स्वीकृति भएका नेपालीलाई भारतीय विमानस्थलबाट विदेश जादा एनओसी नचाहिने

आर्थिक पत्र
सोमवार, कार्तिक २६ २०८१
  •  काठमाडौं । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थलको प्रयोग गरेर विदेश जादा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ ।

    दिल्लीस्थित नेपाली राजदूतावासले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जस्ता देशमा जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नरहेको जनाएको हो ।

    त्यसैगरी, नेपाली कूटनीतिक/आधिकारिक/सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज-पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने दुताबासले जनाएको छ ।

    त्यसैगरी अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी आवश्यक नपर्ने दुताबासले जानकारी दिएको छ ।

    त्यस्तै रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार