Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य

बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य

आर्थिक पत्र
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । पेट्रोल र हवाई इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाइ इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि भएको हो।

    अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र अन्य क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ। 

    त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ र अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ।

    petrol prise.webp

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार