Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सौन्दर्यकलालाई पाठ्यक्रममा राख्नुपर्नेमा जोड

सौन्दर्यकलालाई पाठ्यक्रममा राख्नुपर्नेमा जोड

आर्थिक पत्र
शनिवार, आषाढ ३२ २०७९
  • भक्तपुर । सौन्दर्यकला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले सौन्दर्य सम्बन्धी विषयलाई विद्यालय तहमा अध्ययन अध्यापनका लागि पाठ्यक्रममा राख्नुपर्ने बताएकी छन् । 

    सौन्दर्यकला व्यवसायी संघ नेपाल जिल्ला समिति भक्तपुरको १५औं वार्षिक साधारणसभा तथा पाँंचौँ अधिवेशनको उद्घाटन गर्दै उनले अहिले जति राखिएको छ पाठ्यक्रममा त्यसलाई अझ बढाउँंदै लानुपर्नेमा जोड दिइन् ।

    ४२ वर्ष अगाडि आफूले सौन्दर्यकलाको व्यवसाय सुरु गर्दाको इतिहास सम्झँदै उनले अहिले यो व्यवसाय अझ बढी झाँगिँदै गएकोमा सन्तोष व्यक्त गरिन् । उनका अनुसार यो व्यवसाय अहिले बढेर  ७० जिल्ला पुगेको छ । साथै यसबाट लाखौँ महिलाहरूले रोजगारी पाइरहेका छन् । 

    भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले समय अनुसार सौन्दर्यकला व्यवसायलाई पनि अगाडि बढाउनुपर्ने बताए । समय अनुसार यो व्यवसायलाई पनि परिमार्जन गर्दै अगाडि बढ्न सके सफलता मिल्ने उनको विश्वास थियो । उनले अव हरेक महिलाले कुनै न कुनै व्यवसाय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।

    भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले व्यवसाय गर्दा सरकारले निर्धारण गरेका नियम कानुनको पूर्ण पालना गरी सरकारी सहुलियतलाई सदुपयोग गर्नुपर्ने बताए ।

    कार्यक्रममा संघकी अध्यक्ष समिता ध्वजू श्रेष्ठले संस्था जन्माउन जति गाह्रो छ, त्यो भन्दा हुर्काउन उति नै गाह्रो हुने अनुभव सुनाइन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार