Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त

आर्थिक पत्र
मंगलवार, पौष २ २०८१
  • काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन्।

    images

    उनलाई मन्त्रिपरिषद् बैठकले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा नियुक्त गरेको हो।

    सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी केही महिनाअघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो।

    पत्रकार महेन्द्र विष्ट सार्वजनिक प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) को पहिलो अध्यक्ष नियुक्त भएका छन्।

    नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका विष्ट यसअघि नेपाल टेलिभिजनको अध्यक्ष थिए।

    उनी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्षसमेत हुन्।

    उनले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार