Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सीजी इलेक्ट्रोनिक्सको निःशुल्क एनपीएल टिकट वितरण

सीजी इलेक्ट्रोनिक्सको निःशुल्क एनपीएल टिकट वितरण

आर्थिक पत्र
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहौलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित अफर सम्पन्न गर्दै १००० एनपीएल टिकट ग्राहकलाई वितरण गरेको छ।

    अफर अन्तर्गत सीजी इलेक्ट्रोनिक्सको सामाग्री किन्ने ग्राहकमध्ये लक्की ड्रमार्फत १००० जना विजेता छनोट गरिएको थियो, जसले कीर्तिपुर स्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरे।

    कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टन जस्ता   ब्रान्डका उत्पादन खरिद गर्ने ग्राहकमध्येबाट विजेता छनोट गरी सबै टिकट वितरण गरेको हो ।

    सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने, ‘१००० टिकट वितरण गर्दै ग्राहकसँग एनपीएलको जोश र उत्साह साझा गर्न पाउँदा हामीलाई गर्व छ । हाम्रा ग्राहकहरूको खुसी नै हाम्रो प्राथमिकता हो, र यो अभियानले उनीहरूलाई उत्कृष्ट मूल्य र क्रिकेटको प्रत्यक्ष मज्जा प्रदान गर्ने अवसर दियो।’

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार