Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

घरधनीको हत्या गरी महत्तरीमा लाखौंको डकैती

घरधनीको हत्या गरी महत्तरीमा लाखौंको डकैती

आर्थिक पत्र
शनिवार, पौष ६ २०८१
  • काठमाडौं । महोत्तरीको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराको एक समूहले घरधनीको हत्या गरी लाखौंको लुटपाट गरेको छ।

    images

    स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेरा समूह पसेर झालाई कुटपिट गरी हत्या गरेर लाखौंको लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।

    घरमा पत्नीसँग बस्दै आएका झालाई सात/आठ जनाको समूहमा हातहतियारसहित आएको नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मंगलसुत्र एक थान, सुनको औंठी एक थान र ८० हजार नगद लुटेरको प्रहरीले जनाएको छ।

    झाकी पत्नी सामान्य घाइते भएकी छन्। प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार