Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपालले भारतलाई पाँच महिनामा बेच्यो १३ अर्बको बिजुली

नेपालले भारतलाई पाँच महिनामा बेच्यो १३ अर्बको बिजुली

आर्थिक पत्र
शनिवार, पौष ६ २०८१
  • काठमाडौं – चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा नेपालले भारतलाई १३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली बेचेको छ ।

    नेपाल विद्युत प्राधिकरणले साउनदेखि मङ्सिरसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको एक अर्ब ७६ करोड युनिट बिजुली भारतलाई बेचेको हो । पाँच महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत बिक्रीदर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

    भारतसँग भारतीय रुपैयाँमै विद्युत व्यापार भइरहेको छ । भारतले बिजुली किनेबापत प्राधिकरणले आठ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।

    साउनमा सबैभन्दा बढी चार अर्ब १५ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ भने मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँ बराबरको बिजुली भारत पठाइएको छ । प्राधिकरणका अनुसार भदौमा तीन अर्ब ६८ करोड, असोजमा तीन अर्ब सात करोड र कात्तिकमा एक अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार