Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न मधेशी राष्ट्रिय मुक्ति मोर्चाको माग

जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न मधेशी राष्ट्रिय मुक्ति मोर्चाको माग

आर्थिक पत्र
सोमवार, पौष ८ २०८१
  • काठमाडौँ । मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालले शनिबार जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीच भएको अन्तिम खेल पश्चात जनकपुर बोल्ट्सका समर्थकहरु माथि भएको आक्रमणको कडा बिरोध गरेको छ ।  

    images

    मधेशी मोर्चाले सामाजिक सद्भावलाई बिगार्ने नियतले जनकपुर बोल्ट्सका समर्थकमाथि गाली गलौज गर्ने, हातहतियार प्रयोग गरी घाइते बनाउने कार्य भएकोले उक्त कार्यमा संलग्नलाई तुरुन्त कारबाहीको माग गरेको छ । 

    मोर्चाको अध्यक्ष जगत प्रसाद यादवले सामाजिक सदभाव बिथोल्ने, राष्ट्रिय एकतालाई कमजोर बनाउने कुनै पनि गतिविधी आफुहरुलाई सह्य नहुने बताएका छन् । 

    मोर्चाले एनपीएलमा उपाधी प्राप्त गर्न सफल टीमका सम्पूर्ण सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ साथै त्यसै खेल पछि आक्रमणमा परि घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

    PHOTO-2024-12-23-10-07-18.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार