Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हेटौँडा सिमेन्ट उद्योगले पुन: उत्पादन शुरु गर्दै

हेटौँडा सिमेन्ट उद्योगले पुन: उत्पादन शुरु गर्दै

आर्थिक पत्र
सोमवार, पौष ८ २०८१
  • काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरणमर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले दिएका हुन् ।

    उपकरण मर्मत कार्य पुस १० गतेसम्ममा सकिने र त्यस लगत्तै उत्पादन गर्ने तयारी भइरहेको उनले बताए । उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको भण्डारीले बताए । 

    उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात रहेको र थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनले बताए । 

    आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो। यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । वि.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार