काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा ७७२ मतका साथ उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
शर्माका निकटतम प्रतिद्वन्द्वी ध्रुव अधिकारीले ५६८ मत ल्याए । निर्वाचनमा अधिकारीको पाँच जना सदस्य निर्वाचित भएका छन् । शर्माको अन्य सदस्यमा प्यानलै विजयी भएका हुन् ।
उपाध्यक्षमा गीता गुरुङ, सहदेव धमला र प्रश्रय राजभण्डारी विजयी भएका छन् । महासचिवमा राजिव पाण्डे विजयी र सचिवमा रामचन्द्र गिरी विजयी भएका हुन् । कोषाध्यक्षमा पुण्य राज लागेजु विजयी भएका हुन् ।
त्यसैगरी, सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला सिंखडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेन्जिङ लामा र लालबाबु चौधरी विजयी भएका हुन् ।
निर्वाचनमा कुल मत १ हजार ३९७ मत खसेको थियो । परिषदको कुल मतदाताको संख्या १ हजार ५९९ रहेको छ ।


