Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

पाकिस्तानी भुमीमा जन्मिएका मनमोहन सिंहले छाडेर गए २५ करोडको सम्पति

पाकिस्तानी भुमीमा जन्मिएका मनमोहन सिंहले छाडेर गए २५ करोडको सम्पति

आर्थिक पत्र
शुक्रवार, पौष १२ २०८१
  • नयाँदिल्ली । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा हिजो राती मृत्यु भएको हो । 

    images

    मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म देशको प्रधानमन्त्री भएका थिए । सिंह आफ्नो नम्रता, कडा परिश्रम र कामप्रति प्रतिबद्धताका लागि विश्व परिचित थिए। प्रधानमन्त्री पद त्यागेपछि उनी सक्रिय राजनीतिबाट टाढिएर बसेका थिए । प्रधानमन्त्री पद छाडेपछि मनमोहन सिंह आफ्नी श्रीमतीसँग बस्दै आएका छन् । सिंह र उनकी पत्नी श्रीमती गुरशरण कौरका तीन छोरीहरू छन्।

    पूर्वप्रधानमन्त्री निकै सादा जीवन बिताउन मन पराउने र कम बोल्ने गर्थे ।  आफ्नो सम्पत्तिको कुरा गर्दा उनीसँग कूल २५ करोड २३ लाख रुपैयाँको सम्पत्ति छ । राज्यसभामा दिएको शपथ पत्र अनुसार उनको दिल्ली र चण्डीगढमा पनि फ्ल्याट रहेको छ । शपथपत्रका अनुसार मनमोहन सिंहसँग कुनै ऋण थिएन।

    सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्त (हाल पाकिस्तान) को एउटा गाउँमा भएको थियो। उनले सन् १९४८ मा पञ्जाब विश्वविद्यालयबाट म्याट्रिक पूरा गरे। त्यसपछि उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट थप शिक्षा हासिल गरेका थिए ।

    सन १९५७ मा उनले अर्थशास्त्रमा प्रथम श्रेणी सम्मान डिग्री हासिल गरेका थिए । त्यसपछि सन् १९६२ मा अक्सफोर्ड विश्वविद्यालयको नफिल्ड कलेजबाट अर्थशास्त्रमा डीफिल गरेका हुन । 

    भारतका चौधौं प्रधानमन्त्री सिंह आफ्नो नम्रता, कडा परिश्रम र कामप्रति प्रतिबद्धताका लागि परिचित छन्। मनमोहन सिंह सन् १९७१ मा वाणिज्य मन्त्रालयमा आर्थिक सल्लाहकारका रूपमा सामेल भएका थिए । । सन् १९७२ मा उनी अर्थ मन्त्रालयमा मुख्य आर्थिक सल्लाहकारमा नियुक्त भए । 

    डा सिंह अर्थ मन्त्रालयको सचिव, योजना आयोगको उपाध्यक्ष, भारतीय रिजर्व बैंकका अध्यक्ष, प्रधानमन्त्रीका सल्लाहकार, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षको रूपमा पनि काम गरेको अनुभव छ । मनमोहन सिंह सन् १९९१ देखि १९९६ सम्म भारतका अर्थमन्त्री थिए। यो समय देशको आर्थिक संरचनाका लागि निकै महत्वपूर्ण मानिन्छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार