Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो

आर्थिक पत्र
आइतवार, पौष १४ २०८१
  • काठमाडौँ । दक्षिण कोरियामा दुर्घटनाग्रस्त जेजु एयरको विमानमा मृत्यु हुनेको संख्या १२० पुगेको छ । मिडिया रिपोर्टका अनुसार हाल उद्धार कार्य जारी रहेको छ भने २ जनाको सकुशल उद्धार गरिएको छ ।

    उद्धार गरिएका दुई जनामा ३९ बर्षिय पुरुष र ४६ बर्षिय महिला रहेको र उनीहरु चालकदलका सदस्य रहेको बताइएको छ ।

    विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ ।

    १७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या धेरै हुनसक्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार