Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने

नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने

आर्थिक पत्र
मंगलवार, पौष १६ २०८१
  • काठमाडौं– नेपाल टेलिकमले आफ्नो नेटवर्क प्रयोग गरेर भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा (करबाहेक) लाग्ने जनाएको छ । 

    नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई सोमबार राती १२:०० बजेदेखि लागु हुने गरी एक्सेस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३.७६ रुपैयाँ कायम गरिएको प्रवक्ता हरि ढकालले बताए ।

    यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेन्ड निर्धारण गरेको टेलिकमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार