Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङद्वारा नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिंग मशिन सार्वजनिक

सामसङद्वारा नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिंग मशिन सार्वजनिक

आर्थिक पत्र
सोमवार, पौष २२ २०८१
  • काठमाडौं। सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ।

    स्मार्ट थिंगस् एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ।

    यसका साथै तपाईँको धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन्सुविधाले तपाईँको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउँछ । यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।

    यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६००एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ । यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार