Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा अब निःशुल्क कुकिङ कक्षा

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा अब निःशुल्क कुकिङ कक्षा

आर्थिक पत्र
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं– सीजी डिजिटलले निःशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । सीजी डिजिटलका स्टोरहरूमा एलजी, सीजी, गोदरेज, माइडिया र ब्ल्याक डेकेरका माइक्रोवेव ओभन किन्दा ग्राहकले कुकिङसम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्ने कम्पनीले जनाएको छ । 

    कम्पनीका अनुसार यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ । यसले धेरै व्यक्तिलाई माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ । 

    सीजी डिजिटलको अनुभवी, प्रशिक्षित सेफ बाट यो कक्षा  सञ्चालन भइरहेको छ कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    कम्पनीका अनुसार अहिले, इटहरी, विराटनगर, दमक, बिर्तामोड,झापा, काँकडभित्ता, चन्द्रगडी, धरान उर्लाबारी र लहानमा सीजी  डिजिटललगायत एलजीको डिलरहरूमा कुकिङ कक्षा पौष २५ गत देखि माघ ११ सम्म चलिरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार